Inspection
Renovation
Construction
Seepage
Painting
Leakage
Designing and building the project in a single location.
नक्सा पास गर्नु अगाडी नक्सा पास भनेको के हो र नक्सा पास किन गर्नुपर्छ भनेर जान्नु आवश्यक हुन्छ । नक्सा पास भनेको कुनै पनि भवन निर्माण गर्नको लागि राष्ट्रिय भवन निर्माण मापदण्ड र विभिन्न तहगत सरकारबाट तोकिएको प्रक्रिया र मापदण्ड पूरा गर्ने गरी भवनको नाप नक्सा डिजाइनको विवरण उल्लेख गरी भवन निर्माण अनुमति माग्ने कार्यलाई नक्सा पास भनिन्छ । भवनको नाप, नक्सा, डिजाइन समेतको विवरण उल्लेख गरी निर्माण अनुमति दिने कार्यलाई नक्सा पास भनिन्छ । मुख्यतया नागरिकको सुविधा र सुरक्षा प्रत्याभूति गर्नको लागि व्यवस्थित वस्ती विकास कार्यलाई सुरक्षित गर्नको लागि नक्सा पास गर्ने गरिन्छ । यसबाट नागरिकको बसोबासको अभिलेख राख्न सकिन्छ र साथै नागरिकका आधारभूत सुविधा सम्बन्धि विभिन्न योजनाहरु भविष्यमा बनाउन सकिन्छ । नक्सा पास गर्नको लागि आवश्यक कागजातहरू :- नक्सा पास गर्ने प्रकृया जान्नु भन्दा अगाडी नक्सा पास गर्नका लागि आवश्यक कागजातको जानकारी प्राप्त गर्न आवश्यक हुन्छ । नक्सा पासका लागि आवश्यक कागजातहरु तल दिइएको छ । १। जग्गा धनी प्रमाणपत्र प्रमाणित प्रतिलिपि २ चालु आर्थिक वर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि ३। जग्गा धनी दर्ता प्रमाण पुर्जामा फोटो नभएको भए नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ४। कित्ता नम्बर स्पष्ट भएको नापी प्रमाणित नक्शा ब्लु प्रिन्ट ५। पास गरिने नक्साको फोटोकपी वा ब्लुप्रिन्ट ६। डिजाइनरको इजाजतपत्रको नवीकरण सहितको सरोकारवालाबाट प्रमाणित फोटोकपी ७। मञ्जुरी लिइ बनाउने भएमा नक्सा वालाले वडा कार्यालयमा मुद्दा शाखाको रोहवरमा भएको मञ्जुरीनाको सक्कल ८। भवन निर्माण हुने जग्गामा पुग्ने बाटो प्रष्ट नभएमा वडाको रोहवरमा बाटोको मञ्जुरीनामाको सक्कल ९। जग्गा कुनै निकायमा धितोको लागि सुरक्षित राखिएको भए सम्बन्धित निकायबाट स्वीकृतिपत्र १०। नक्शावाला मोही भएमा जग्गा धनी वा गुठीको स्वीकृतिपत्र ११। वारेश राखी नक्सा पास गर्ने भए वारिसको प्रमाणितको प्रतिलिपि नक्सा पास गर्नको लागि आवश्यक सरकारी प्रकृया नक्साको डिजाइन गरिसकेपछि र नक्सा पास गर्नको लागि चाहिने सम्पूर्ण कागजात जुटाइसकेपछि नक्सा पास गर्ने प्रकृया सुरु हुन्छ । नक्सा पास गर्ने विधिवत प्रक्रिया तल दिइएको छ । १। सबैभन्दा पहिला निवेदकले नक्सा सहित गाउँपालिका वा नगरपालिकाले तोकेको ढाँचामा दरखास्त दिनुपर्छ । २। दरखास्त दिइसकेपछि सबैभन्दा पहिला भवन निर्माणबाट सँधियारलाई कुनै मर्का पर्छ कि भनेर नगरपालिका वा गाउँपालिकाले सम्पूर्ण विवरण खुलाइ १५ दिने सूचना जारी गर्छ । यो सूचना तीन ठाउँमा टाँस हुन्छ कार्यालयमा सँधियारको घरदैलोमा र भवन निर्माण हुने ठाउँमा । आजभोलि यो सूचना नक्सावाला आफैँले लिएर गएर सँधियारलाई भेटेर साँध सिमाना र नक्सा ठीक छ पछि कुनै उजुर बाजुर गर्ने छैन भनी सही गराउने पनि चलन छ । ३। सूचनाको म्याद नाघेको र सँधियारको अनुमति प्राप्त भएको ३ दिनभित्र नेपाल सरकारले तोकेको बस्ति विकासऽ शहरी योजना तथा भवन निर्माण सम्बन्धी मापदण्ड बमोजिम भवन निर्माण गर्न मिल्ने वा नमिल्ने कुराको जाँचबुझ गरी नक्सा दर्ता शाखाको सम्बन्धित कर्मचारीले जाँचबुझ प्रतिवेदन दिन्छ । प्रतिवेदनले नक्सा ठीक छैन भनेर देखाएमा नक्सालाई पुन सँच्याउने र दर्ता गर्ने काम हुन्छ । नक्सा सबै ठीक भइसकेपछि फाइल प्रमुख प्रशासकीय अधिकृतकोमा पुग्छ । ४। प्रमुख प्रशासकीय अधिकृतकोमा पुगिसकेपछि निवेदकले भवनको नक्सा सहित गाउपालिका वा नगर पालिकाले तोकेको ढाँचामा दरखास्त दिनुपर्छ । रितपूर्वक प्राप्त दरखास्त बमोजिम भवन निर्माणबाट संधियार कसलाई मर्का पर्ने भए विवरण खुलाई १५ दिनभित्र उजुर गर्नका लागि कार्यालयमा, संधियारको घरदैलोमा र भवन निर्माण हुने ठाउँमा सबैले देख्ने गरी सूचना टाँस नगरपालिकाले गर्छ । सूचनाको म्याद नाघेको ३ दिनभित्र नेपाल सरकारले तोकेको बस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी मापदण्ड बमोजिम भवन निर्माण गर्न मिल्ने वा नमिल्ने कुराको जाँचबुझ गरी नगरपालिकाको सम्बन्धित कर्मचारीले प्रतिवेदन पेश गर्छ । प्रमुख प्रशासकीय अधिकृतले रितपूर्वकको विवरण र प्रमाण पुगेको ७ दिनभित्र भवन निर्माणको अनुमति दिन्छ । ५। अनुमति दिइसकेपछि आवश्यक दस्तुर बुझाएर प्लिन्थ लेभलसम्मको निर्माण इजाजतको लागि निवेदन दिनुपर्छ । निवेदन दिइसकेपछि नगरपालिकाको इन्जिनियरद्वारा तपाईँलाई परामर्श दिइन्छ र प्लिन्थ लेबलसम्मको निर्माण अनुमति जारी गर्ने काम गरिन्छ । पहिले नै स्वीकृत लिइसकेको नक्सामा घर बनाउने क्रममा तला थप्ने वा डिजाइन सामान्य रुपमा बदल्नु परेमा कस्तो प्रकृया हुन्छ ? यदि कुनै पनि जमिनमा घर बनाउने क्रममा नक्सामा सामान्य परिवर्तन गर्नुपर्यो वा सामान्य थपघट गर्नुपर्यो भने स्थानीय सरकार सञ्चालन ऐनऽ २०७४ को दफा ३५ बमोजिम निर्धारित मापदण्ड अनुकूल हुने गरी संशोधित नक्सा पेस गर्नुपर्छ । यसमा तपाईँलाई नगरपालिकाले आवश्यक दस्तुर तिरेपछि स्वीकृति प्रदान गर्दछ । तर हाउजिङऽ होटल तथा व्यावसायिक भवनहरुको लागि भने यो व्यवस्था लागु हुँदैन ।
घर बनाउनु अघि तपाईँले आफ्नो जग्गा सर्वप्रथम इन्जिनियरलाई देखाउनुहुन्छ र नक्सा बनाउनुहुन्छ । इन्जिनियर मार्फत वा अन्य माध्यमबाट तपाईँले नगरपालिका वा गाउँपालिकामा गएर नक्सा पास गराउनु पनि हुन्छ । नक्सा पासको लागि सबै प्रकृया पुरा गरिसकेपछि तपाईँले निर्माण कार्य सुरु गर्ने बेला हुन्छ । निर्माण कार्य गर्ने बेलामा चाहिँ तपाईँलाई विभिन्न व्यक्तिले विभिन्न सुझाव दिएका हुन्छन् । जस्तै कसैले तपाईँलाई विश्वासिलो ठेकेदार भनेर कुनै ठेकेदारलाई चिनाइ दिन्छ र उसलाई ज्याला दिने गरी ठेक्का सम्झौता गर्नको लागि सुझाव दिन्छ । कसैले तपाईँलाई माल सहित सम्पूर्ण निर्माण कार्यको ठेक्का लिने ठेकेदारलाई निर्माण गर्न दिनुहोस् भनेर भन्छ भने कसैले तपाईँलाई कुनै निर्माण कम्पनीलाई दिए सबैभन्दा वेश भनेर बताइदिन्छ । तपाईँ यो समयमा के गर्ने भनेर झनै रनभुल्लमा पर्नुहुन्छ । हामी तपाईँलाई ज्यालादारी ठेक्का माल सहितको ठेक्का र निर्माण कम्पनीलाई निर्माणको जिम्मा दिनेगरी गर्ने ठेक्काको विषयमा विस्तृतमा बताउँदैछौँ र तपाईँलाई रोज्नका लागि सजिलो बनाउँदैछौँ । ज्यालादारी ठेक्का ज्यालादारी ठेक्काका आफ्नै फाइदा वा बेफाइदाहरु छन् । ज्यालादारी ठेक्कालाई सोझो तरिकाले बुझ्दा चाहिँ ठेकेदार आफैँ नै मिस्त्री बन्ने र केही डकर्मीहरुलाई काममा लगाउने र घर निर्माण कार्य पूरा गर्ने भन्ने बुझिन्छ । ज्यालादारी ठेक्का जहिले पनि व्यक्तिको स्वभावमा मात्र भर पर्छ । यदि व्यक्ति ज्यादै नै इमानदार छ भने ज्यालादारी ठेक्काबाट घरधनीलाई सजिलो हुन्छ । निर्माण कार्य पनि छिटो छरितो हुन गइ सबैभन्दा फाइदा हुन्छ । तर यो प्रकारको ठेक्का व्यावहारिक रुपमा ज्यादै कठिन छ । कारण के हो भने ज्यालादारी ठेक्का लिँदा ठेकेदारलाई धेरै फाइदा नहुने हुँदा आजभोली कोही पनि गतिलो ठेकेदार ज्यालादारीमा काम गर्न चाहँदैन । एउटा ठेकेदारले ज्यालादारी ठेक्का लिएर घर बनाउँदा उसले एक भन्दा बढी साइटमा काम गर्न पनि गाह्रो हुन्छ । गरिहाल्यो भने पनि उसको साइट विभिन्न ठाउँमा भएको हुनाले उसलाई धेरै खर्च हुन्छ र कामदारको ज्याला कटाएर धेरै पैसा बचाउन सक्दैन । यस्तोमा कहिलेकाही उसलाई परिवार नै पाल्न पनि गाह्रो हुन्छ र उ कालान्तरमा विदेशिन बाध्य हुन्छ । ज्यालादारी ठेक्काको अर्को बेफाइदा भनेको चाहिँ ठेकेदारले समयमा काम सिध्याउनको लागि ध्यान दिँदैन किनभने उसको खर्च कामदारले काम गरेको दिनको आधारमा हुन्छ र काम लम्बिए पनि उसलाई कुनै घाटा हुँदैन । इमानदार व्यक्तिको अभाव हुने ज्यालादारी ठेक्का लिनै नचाहने र समयमै सम्पन्न हुन गाह्रो हुने ज्यालादारी ठेक्काका बेफाइदा हुन् भने इमानदार ठेकेदार पाएमा तपाईँको खर्च पनि बचत हुने र समयमै काम सिद्धिने यो प्रकारको ठेक्काको फाइदाहरु हुन् । माल सहित ठेकेदारले लिने ठेक्का आजभोलि काठमाडौँ चितवन पोखरा लगायत सहरी क्षेत्रमा यो प्रकारको ठेक्का धेरै प्रचलनमा रहेको छ । साथीभाईले भनेको आधारमा साथीभाईसँग झगडा नगरिकन राम्रो सामान प्रयोग गरेर घर बनाइदिएको ठेकेदार खोज्ने अनि त्यही ठेकेदारसँग समझदारी गरेर घर निर्माण गराउने यस ठेक्काको विशेषता हो । यो प्रकारको ठेक्कामा पनि केही फाइदा र केही बेफाइदाहरु छन् । यो प्रकारको ठेक्कामा ठेकेदार नै तपाईँको सामान सप्लायरऽ ठेकेदार नै तपाईँको प्राविधिक बन्न पुग्छ । यो ठेक्काको फाइदाको विषयमा कुरा गर्दा तपाईँले घर बनाउन आइपर्ने सामान चिन्ने र किन्ने झण्झटबाट मुक्ति पाउनुहुन्छ । तपाईँले अग्रिमेन्ट गरेको पैसा बुझाएपछि तपाईँले घरको साँचो प्राप्त गर्नुहुन्छ । तर यी फाइदाहरु ठेकेदार नै कत्तिको इमानदार छ भन्ने विषयले फरक पर्छ । ठेकेदार इमानदार भए मात्र तपाईँको घर निर्माण किफायती हुन्छ तर ठेकेदार इमानदारी नभएको स्थितिमा सम्झौता कागजको अभावमा तपाईँसँग बिग्रे भत्केको दाबी गर्ने कुनै आधार बाँकी रहँदैन । त्यसैगरी माल सहित ठेक्का दिँदा माल सामानमा कमिसन खाएर तपाईँलाई घरको लागत बृद्धि हुन जान्छ । अर्को समस्या भनेको ठेकेदारले तपाईँको जस्तो अन्य विभिन्न घर लिएको हुन्छ । उ सँग यति नै सङ्ख्यामा घर निर्माणको ठेक्का लिन्छु भन्ने कुनै योजना हुँदैन र उसले धेरै घरको ठेक्का लिएको खण्डमा उसलाई कामदारको अभाव हुन जान्छ । ठेकेदार एउटा व्यक्ति भएको कारणले उसँग काम गर्ने सिष्टम हुँदैन जसको कारण उसलाई कामदार व्यवस्थापन गर्न गाह्रो पनि परिरहेको हुन्छ । यो कारणले गर्दा तपाईँको साइटमा ठेकेदारले एक दुई जना कामदार खटाएर काम गराउँछ र काम ढिलो सम्पन्न गरिदिन्छ । ढिलो काम सम्पर्क गर्दा तपाईँको निर्माण लागतमा बढोत्तरी हुन जान्छ । ठेकेदारसँग काम गरेको अर्को बेफाइदा भनेको उसले बनाउने बिल हो । बिल बनाउन विभिन्न तरिकाहरु हुन्छन् र यी तरिकाबाट बिल बनाउँदा थोरै वा धेरै बिलमा फरक पर्छ । ठेकेदारले बिल बनाउँदा उसलाई कुन तरिकाबाट फाइदा हुन्छ त्यही तरिकामा बिल बनाउँछ र आफूले बनाएको बिल अनुसार पेमेन्ट गराउन बाध्य पार्न पनि सक्छ । निर्माण कम्पनी तपाईँको निर्माण कार्य व्यवस्थित ढङ्गबाट समयमै सम्पन्न गर्ने एउटा मात्र विकल्प भनेको निर्माण कम्पनी हुन सक्छ । निर्माण कम्पनीसँग काम गराउँदा एउटा निश्चित समय र दर रेट सम्झौतामा तोकिएको हुन्छ । बिल बनाउने तरिका पहिला नै फिक्स गरिएको हुन्छ जसको कारणबाट पछि कुनै पनि विवाद आउँदैन । अझ स्कीलसेवा जस्तो निर्माण कम्पनीले त साइटमा रेगुलर रुपमा सुपरभाइजर र इन्जिनियर खटाउँछ जसको कारणले निर्माण चुस्त र नक्साअनुसार नै हुन्छ र निर्माण सम्पन्न प्राप्त गर्न कुनै कठिनाइ हुँदैन । त्यसैगरी निर्माण कम्पनीको प्रयोग गर्दा माल सामानको गुणस्तर पहिला नै फिक्स हुने हुँदा गुणस्तर परीक्षण तथा गुणस्तरिय सेवामा कुनै कमी हुँदैन । साइटमा नै इन्जिनियर रहने हुँदा नक्सा अनुसार नै निर्माण कार्य सम्पन्न हुन्छ । साइटमा रहेका इन्जिनियरसँग घरधनीले निर्माण प्रकृया र स्पेसिफिकेशन सम्बन्धि कार्यको विषयमा जानकारी प्राप्त गर्न पाउने भएकाले घर निर्माण ढुक्कले अघि बढ्छ । साथै आजभोलि निर्माण कम्पनीहरुले वास्तुको सही ज्ञान राख्ने हुनाले वास्तु अनुसारै डिजाइन हुन्छ र घरधनीलाई दीर्घकालीन फाइदा पुग्छ । निर्माण कम्पनी पनि नक्सा निर्माण मर्मत घर निर्माण र जीर्णौद्धार गर्ने खालको भएमा सबैभन्दा उत्तम हुन्छ । हाम्रो कम्पनी स्किल सेवा पनि घर निर्माणको सबै चरणमा सहभागी हुने कम्पनी रहेको हुनाले हामी लगायत कम्पनीबाट सेवा लिनु नै बुद्धिमानी हुन्छ ।
घर बनाउनुअघि हामीले योजना बनाउनुपर्ने एउटा महत्वपूर्ण विषय भनेको घर कत्रो बनाउने भन्ने हो । घरमा हाम्रो आवश्यकता विभिन्न थरी हुन्छन् । यी आवश्यकताहरु हाम्रा बानी व्यवहार गतिविधिहरुमा भर पर्छ । घरमा कति जना सदस्य हुनुहुन्छ, सदस्यहरु बालक बृद्ध कतिजना हुनुहुन्छ, दिदीबहिनी दाजुभाइ कतिजना हुनुहुन्छ, आफ्नो व्यक्तिगत इच्छा के छ यी कुराहरुले घरमा कति कोठा चाहिन्छ भन्ने कुरा निर्धारण हुन्छ । बेडरुमको सङ्ख्या निर्धारण उदाहरणको लागि एउटा घरमा एक बालक छोरा र एक बालिका छोरी छन् भने उनीहरुलाई केही वर्षसम्म त एउटै कोठाले पर्याप्त हुन्छ । तर केही वर्षपछि ती दुवै जना वयस्क हुनेछन् र उनीहरु एउटै कोठामा बस्ने छैनन् । त्यस्तो समयका लागि अर्को एउटा कोठा पनि जरुरी हुन्छ । प्रायः श्रीमान श्रीमतीका लागि एउटा कोठा नै पर्याप्त हुन्छ । बहालमा लगाउने वा नलगाउने निर्णय घर बहालमा लगाउने वा नलगाउने निर्णयले घर कत्रो बनाउने कुराको निर्धारण गरेको हुन्छ । बहालबाट हुने आम्दानी एउटै सहरभित्र पनि ठाउँ अनुसार फरक पर्छ तर घर बनाउने खर्च एउटा सहरभित्रको सबै ठाउँमा उस्तै पर्छ । घर बनाउँदा लाग्ने खर्चको बैङ्कमा राख्दा आउने व्याज रकम भन्दा बढी बहाल आउँछ भने मात्र बहालमा लगाउने गरी घर बनाउनु राम्रो मानिन्छ । अन्यथा तपाईँको बहालमा लगाउने घरको लगानी नै उठ्दैन र तपाईँले यसको अनावश्यक आर्थिक हानी नोक्सानी बेहोर्नु पर्छ । तर यदि तपाईँको एरियामा तीव्र विकास भइरहेको छ र २ ३ वर्षमै तपाईँको वरिपरी ठूला परियोजना बन्नेवाला छन् भने तपाईँले हाल बहालमा नजाने क्षेत्रमा पनि बहालमा जाने गरी निर्माण गर्न सक्नुहुन्छ । बाथरुम कतिवटा चाहिन्छ बाथरुम कुन तल्लामा कतिवटा बनाउने भन्ने निर्णय तपाईँले आफ्नो घरका सदस्यहरुको आनीबानी हेरेर गर्नुपर्छ । उदाहरणका लागि कसैलाई वास्तुमा विश्वास लाग्छ र कसैलाई वास्तुमा विश्वास लाग्दैन । वास्तु शास्त्र अनुसार अट्याच बाथरुम र ट्वाइलेट बनाउनु राम्रो मानिँदैन । तर कसै कसैलाई एटेच ट्वाइलेट बाथरुम विना घर पूर्ण लाग्दैन र कोठै पिच्छे एटेच ट्वाइलेट बाथरुम बनाउन मन लाग्छ । यो कुरा डिजाइन मिटिङ भन्दा पहिला नै फाइनल हुनुपर्छ । बाथरुम मा अन्य कोठाको तुलनामा धेरै खर्च आउँछ । र यसरी आउने खर्चले पूरै घरको साइज र खर्च पनि बढाएको हुन्छ । किचन र डाइनिङ छुट्टै चाहिन्छ कि चाहिँदैन सानो र चिटिक्क परेको परिवार छ भने प्राय डाइनिङ र किचनका लागि छुट्टाछुट्टै आवश्यकता पर्दैन । तर परिवार ठूलो छ भने किचन र डाइनिङको लागि छुट्टै स्पेश चाहिन्छ । त्यस्तै कुनै परिवारमा धेरै जमघट भइरहेको हुन्छ भने कुनै परिवार शान्त प्रकृतिको धेरै जमघट मन नपराउने सानो ठाउँमा र थोरै खुशीमा पनि रमाउने हुन्छ । तपाईँको परिवार यस्तै छ भने तपाईँलाई पनि एउटा कोठाभित्र राम्रोसङ्ग स्पेश म्यानेजमेन्ट गरिएको किचन र डाइनिङ पर्याप्त हुन्छ । तर यदि तपाईँको बजेट निकै राम्रो छ भने तपाईँले छुट्टाछुट्टै किचन र डाइनिङ बनाउनु नै बुद्धिमानी हुन्छ । घर बनाउने मापदण्डले के भन्छ घर बनाउँदा सबै कुरा तपाईँले चाहेजस्तो पनि बन्दैन किनभने घर बनाउने सरकारी मापदण्डले के भन्छ भन्ने कुराले पनि तपाईँलाई धेरै असर पार्छ । तपाईँको जग्गा भएको नगरपालिकामा फलोर एरिया रेसियो कम भएमा तपाईँले चाहेर पनि ठूलो घर बनाउन सक्नुहुन्न । उदाहरणका लागि यदि तपाईँको नगरपालिकामा फ्लोर एरिया रेसियो १।७५ मात्र छ भने तपाईँले जग्गाको १।७५ गुणा भुइँको एरिया बराबर मात्र घर बनाउन पाउनुहुन्छ र प्राय नगरपालिकामा ८ आनासम्मको जग्गाको लागि ७० प्रतिशत ग्राउण्ड कभरेज गर्न पाइन्छ । यसको अर्थ तपाईँले आफ्नो जग्गाको ३० प्रतिशत ठाउँ अनिवार्य रुपमा खाली छोड्नुपर्छ । घर बनाउँदा ध्यान दिनुपर्ने अर्को मापदण्ड भनेको राइट अफ वे हो । यसको अर्थ के हो भने राइट अफ वे को जग्गा सरकारी जग्गा हो र हाल कायम बाटो भन्दा बढी तपाईँको जग्गा भित्र परेको सरकारको अधिकार रहेको जमिन तपाईँले मापदण्डका लागि छाड्नुपर्छ । यसमा तपाईँले कुनै पनि संरचना बनाउन पाउनुहुन्न । त्यस्तै झ्याल राख्नको लागि पनि तपाईँले हरेक साइडमा ५ फिट छाड्नुपर्छ र तपाईँले यसरी बनाएको घर १७ मिटर सम्म मात्र जान सकिन्छ । यसरी तपाईँको जग्गाको साइज अनिवार्य रुपमा घटेको हुन्छ र तपाईँले त्यस्तो जग्गामा सानो घर बनाउन मात्र पाउनुहुन्छ । एयर बि एन बि को कन्सेप्टमा बनाउने कि नबनाउने आजभोलि नेपालका गाउँघरमा होम स्टेको चलन चलेजस्तै अन्तरराष्ट्रिय रुपमा एयर बि एन बि को कन्सेप्टको सुरुवात भएको छ । यस अन्तर्गत तपाईँले आफ्नो घरलाई विदेशी पाहुनाहरुको लागि लजको रुपमा प्रयोग गर्ने व्यवस्था गराउन सक्नुहुन्छ । यसरी घर बनाउँदा तपाईँलाई राम्रो आयआर्जनको श्रोत बन्न सक्छ । यसरी बनिसकेको घरले तपाईँलाई घरको ऋणको किस्ता तिर्न सहयोग हुन्छ । तपाईँको बसोबास र कार्यक्षेत्र नेपालमै छ भने त तपाईँलाई एयर बि एन बि को कन्सेप्ट खासै मन नपर्न सक्छ तर तपाईँ विदेशमा बस्नुहुन्छ र नेपालमा तपाईँको घर रेखदेख गर्ने मान्छे मात्रै हुनुहुन्छ भने तपाईँलाई नेपाल नफर्किँदा सम्मको लागि घरको राम्रो संरक्षण र नेपाल फर्केपछि आफ्नो बसोबासको लागि पर्याप्त स्पेशको व्यवस्था हुन सक्छ । तपाईँलाई घर भित्र मनोरञ्जनका लागि एक्स्ट्रा स्पेश चाहिन्छ कि चाहिँदैन यदि तपाईँ घरलाई घरकै रुपमा मात्र हेर्नुहुन्छ भने ठीकै छ । तर यदि तपाईँ घरलाई कम्प्लिट संसारको रुपमा हेर्न चाहनुहुन्छ भने तपाईँले घरमा धेरै कुराहरु थप्न पनि सक्नुहुन्छ । उदाहरणको लागि साथीभाई सङ्ग सिनेमा हेर्नका लागि होम थिएटरको व्यवस्था तपाईँले गर्न सक्नुहुन्छ । त्यस्तै घरमा मिनीबार र इन्डोर स्पोर्टस् रुम पनि आजभोली धेरै आवश्यकता हुन थालेको छ । कसैकसैले स्पेश अभावको कारणले छतमा स्वीमिङ पुलको निर्माण पनि गराउन थाल्नुभएको छ । कुनै दृश्यावलोकन गर्दै छतको स्वीमिङ पुलमा रमाउनु पनि एउटा बहुत आनन्ददायक अनुभव हो । यस्ता लक्जरीहरुमा अलि अलि पैसा खर्च भए पनि यसले तपाईँको जिन्दगीलाई थप सुखमय बनाउन सक्छ । घर कत्रो बनाउने भन्ने कुरामा यी र यस्ता कुराले पनि फरक पार्दछन् । निष्कर्ष तपाईँको घर कत्रो बनाउने भन्ने कुरा तपाईँको बेडरुम आवश्यकताऽ बाथरुम आवश्यकता र किचन र डाइनिङ सङ्गै तपाईँको कुनै विशेष सौखले पनि फरक पार्छ । यसको लागि तपाईँले आफ्नो सम्पूर्ण आवश्यकता र परिस्थिति आफ्नो डिजाइन इन्जिनियरलाई खुलस्त रुपमा बताउनुपर्छ । यसबाट तपाईँलाई घर कत्रो बनाउँदा तपाईँलाई सबैभन्दा उत्तम हुन्छ भन्ने कुराको ज्ञान हुन्छ र तपाईँले एउटा घर मात्र नभइ एउटा संसारै पाउनुहुन्छ ।
नक्सा पास भनेको कुनै पनि भवन निर्माण गर्नको लागि राष्ट्रिय भवन निर्माण मापदण्ड र विभिन्न तहगत सरकारबाट तोकिएको प्रक्रिया र मापदण्ड पूरा गर्ने गरी भवनको नाप नक्सा डिजाइनको विवरण उल्लेख गरी भवन निर्माण अनुमति माग्ने कार्यलाई नक्सा पास भनिन्छ । भवनको नाप, नक्सा, डिजाइन समेतको विवरण उल्लेख गरी निर्माण अनुमति दिने कार्यलाई नक्सा पास भनिन्छ । मुख्यतया नागरिकको सुविधा र सुरक्षा प्रत्याभूति गर्नको लागि व्यवस्थित वस्ती विकास कार्यलाई सुरक्षित गर्नको लागि नक्सा पास गर्ने गरिन्छ । यसबाट नागरिकको बसोबासको अभिलेख राख्न सकिन्छ र साथै नागरिकका आधारभूत सुविधा सम्बन्धि विभिन्न योजनाहरु भविष्यमा बनाउन सकिन्छ । नक्सा पास गर्नको लागि आवश्यक कागजातहरू :- नक्सा पास गर्ने प्रकृया जान्नु भन्दा अगाडी नक्सा पास गर्नका लागि आवश्यक कागजातको जानकारी प्राप्त गर्न आवश्यक हुन्छ । नक्सा पासका लागि आवश्यक कागजातहरु तल दिइएको छ । १। जग्गा धनी प्रमाणपत्र प्रमाणित प्रतिलिपि २ चालु आर्थिक वर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि ३। जग्गा धनी दर्ता प्रमाण पुर्जामा फोटो नभएको भए नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ४। कित्ता नम्बर स्पष्ट भएको नापी प्रमाणित नक्शा ब्लु प्रिन्ट ५। पास गरिने नक्साको फोटोकपी वा ब्लुप्रिन्ट ६। डिजाइनरको इजाजतपत्रको नवीकरण सहितको सरोकारवालाबाट प्रमाणित फोटोकपी ७। मञ्जुरी लिइ बनाउने भएमा नक्सा वालाले वडा कार्यालयमा मुद्दा शाखाको रोहवरमा भएको मञ्जुरीनाको सक्कल ८। भवन निर्माण हुने जग्गामा पुग्ने बाटो प्रष्ट नभएमा वडाको रोहवरमा बाटोको मञ्जुरीनामाको सक्कल ९। जग्गा कुनै निकायमा धितोको लागि सुरक्षित राखिएको भए सम्बन्धित निकायबाट स्वीकृतिपत्र १०। नक्शावाला मोही भएमा जग्गा धनी वा गुठीको स्वीकृतिपत्र ११। वारेश राखी नक्सा पास गर्ने भए वारिसको प्रमाणितको प्रतिलिपि नक्सा पास गर्नको लागि आवश्यक सरकारी प्रकृया नक्साको डिजाइन गरिसकेपछि र नक्सा पास गर्नको लागि चाहिने सम्पूर्ण कागजात जुटाइसकेपछि नक्सा पास गर्ने प्रकृया सुरु हुन्छ । नक्सा पास गर्ने विधिवत प्रक्रिया तल दिइएको छ । १। सबैभन्दा पहिला निवेदकले नक्सा सहित गाउँपालिका वा नगरपालिकाले तोकेको ढाँचामा दरखास्त दिनुपर्छ । २। दरखास्त दिइसकेपछि सबैभन्दा पहिला भवन निर्माणबाट सँधियारलाई कुनै मर्का पर्छ कि भनेर नगरपालिका वा गाउँपालिकाले सम्पूर्ण विवरण खुलाइ १५ दिने सूचना जारी गर्छ । यो सूचना तीन ठाउँमा टाँस हुन्छ कार्यालयमा सँधियारको घरदैलोमा र भवन निर्माण हुने ठाउँमा । आजभोलि यो सूचना नक्सावाला आफैँले लिएर गएर सँधियारलाई भेटेर साँध सिमाना र नक्सा ठीक छ पछि कुनै उजुर बाजुर गर्ने छैन भनी सही गराउने पनि चलन छ । ३। सूचनाको म्याद नाघेको र सँधियारको अनुमति प्राप्त भएको ३ दिनभित्र नेपाल सरकारले तोकेको बस्ति विकासऽ शहरी योजना तथा भवन निर्माण सम्बन्धी मापदण्ड बमोजिम भवन निर्माण गर्न मिल्ने वा नमिल्ने कुराको जाँचबुझ गरी नक्सा दर्ता शाखाको सम्बन्धित कर्मचारीले जाँचबुझ प्रतिवेदन दिन्छ । प्रतिवेदनले नक्सा ठीक छैन भनेर देखाएमा नक्सालाई पुन सँच्याउने र दर्ता गर्ने काम हुन्छ । नक्सा सबै ठीक भइसकेपछि फाइल प्रमुख प्रशासकीय अधिकृतकोमा पुग्छ । ४। प्रमुख प्रशासकीय अधिकृतकोमा पुगिसकेपछि निवेदकले भवनको नक्सा सहित गाउपालिका वा नगर पालिकाले तोकेको ढाँचामा दरखास्त दिनुपर्छ । रितपूर्वक प्राप्त दरखास्त बमोजिम भवन निर्माणबाट संधियार कसलाई मर्का पर्ने भए विवरण खुलाई १५ दिनभित्र उजुर गर्नका लागि कार्यालयमा, संधियारको घरदैलोमा र भवन निर्माण हुने ठाउँमा सबैले देख्ने गरी सूचना टाँस नगरपालिकाले गर्छ । सूचनाको म्याद नाघेको ३ दिनभित्र नेपाल सरकारले तोकेको बस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी मापदण्ड बमोजिम भवन निर्माण गर्न मिल्ने वा नमिल्ने कुराको जाँचबुझ गरी नगरपालिकाको सम्बन्धित कर्मचारीले प्रतिवेदन पेश गर्छ । प्रमुख प्रशासकीय अधिकृतले रितपूर्वकको विवरण र प्रमाण पुगेको ७ दिनभित्र भवन निर्माणको अनुमति दिन्छ । ५। अनुमति दिइसकेपछि आवश्यक दस्तुर बुझाएर प्लिन्थ लेभलसम्मको निर्माण इजाजतको लागि निवेदन दिनुपर्छ । निवेदन दिइसकेपछि नगरपालिकाको इन्जिनियरद्वारा तपाईँलाई परामर्श दिइन्छ र प्लिन्थ लेबलसम्मको निर्माण अनुमति जारी गर्ने काम गरिन्छ ।
Get Your house which has very little or no flaws at all
Skill Sewa is a startup company particularly focused on Building Inspection, Maintenance, and Renovation in a systematic and scientific way. We provide one-stop solutions to your daily problems at an affordable price with Professional technicians. We provide home inspection under certain limitations plus attractive packages regarding different services and maintenance issues