others
  • 97

TYPES OF PIPES | AVAILABLE IN NEPAL

घर, औद्योगिक क्षेत्र , कृषि को लागि पानी ल्याऊन वा फोहोर पानी ढल सम्म लग्न पाईप को अवश्यकता पर्दछ | पाईपहरु पानी आवश्कता अनुसार विकास हुदै गैरहेको छ , पहिला GI पाईप को धेरै प्रयोग हुन्थ्यो तर GI पाईप मा खिया लाग्ने , स्वास्थ्य मा असर गर्ने भएको ले  यो लोप  हुदै गयो र यसको प्रतिस्थापन PVC पाईप ले गर्यो | 




PVC Pipe



PVC पाईप को तन्य र संकुचित सक्ति ज्यादै नै धेरै हुन्छ र लामो समय सम्म पनि टिक्छ | यस्तो पाईप मा खिया नलाग्ने सामान्य रसायन जस्तै acid , अल्काली, र माटोको चिसोपन ले पनि कुनै असर गर्दैन जसले गर्दा यो लामो समय सम्म टिक्छ साथै एउतै डायमिटर को पाईप प्रयोग गर्दा फलाम को पाईपले भन्दा २०% बढी पानी वितरण गर्ने क्षमता हुन्छ  यो पाईप बलियो र दर्रो हुने भएकोले जस्तो बाताबरणमा पनि प्रयोग गर्न सकिन्छ |सामान्यता यो पाईप सिचाई , औद्योगिक क्षेत्र , घर को भान्सा, चर्पी बाट निस्लेको पानी लाई ढल सम्म पुराउने गर्छ |पाईप को फाइदा संग संगौ बेफैदा हरु पनि उतिनै छन् PVC पाईप तातो पानी आपूर्ति वा वितरण गर्न सक्षम हुदैन | यस बाट  पानी वितरण गर्दा पाईप मा भएको रसायन पानी मा मिसिएर आउने भएको ले  घर को अरु क्षेत्र मा प्रयोग गरे पनि पिउने पानी वितरण मा  प्रयोग गर्न मिल्दैन | या प्रकारको पाईप बलियो भएता पनि यो पानी को दबाबको  प्रभाव यो फुट्ने गर्छ त्यसैले यो plumbing मा बढी प्रयोग हुदैन |




CPVC Pipe


 च्प्व्च भन्नाले chlorinated polyvinyl chloride हो |  cpvc पाईप एक उचच तापमान पलास्टिक दबाब पईपिंग प्रणालीहो जुन १९५९ देखी प्रयोग मा आएको थियो | यो पाईप अन्य पाईप भन्दा advance पनि छ यो design गर्दा नै High water pressure धन्न सक्ने गरि बनाइएको हुन्छ त्यसैले पनि यो घर को प्लम्बिङ्गमा  निकै उपयुक्त मानिन्छ  |  पाइपमा क्लोरेटेड यौगिक सामग्रीको कारण यसले पानीबाट कीटाणुहरूलाई मार्छ र पिउन योग्य बनाउछ |CPVC पाईप पिऊने पानीको लागि उतम र दिर्घकालिन बिसेसनियत भएको , खिया नलाग्ने पाईप हो |   तातो (९३ celsius ) वा चिसो दुवै  को लागि यो पाईप प्रयोग गर्न सकिन्छ | यस्तो पाईप  १.५ देखी ३० मिमि डायमीटरमा उपलब्ध हुन्छ | यो पाईप हल्का, आकारमा फराकिलो भएकोले यो दुवानी गर्न पनि सहज हुन्छ | 




UPVC Pipe


यसमा plasticity नहुने हुदा यो rigid ( दर्रो ) हुने गर्छ | यस्तो पाईप को भित्रि वाल  चिल्लो हुने भएकोले पानी को बहाबमा एकरुपता हुन्छ |यस्तो पाईप रासायनिक,आगो ,दबाब र बाहिरी प्रभाब लाई सजिलै  प्रतिरोध गर्न सक्छ  | यो सामान्यता  औद्योगिक क्षेत्र तिर बढी प्रयोगमा आएको देखिनछ | यो सामान्य पाईप भन्दा महँगो हुन्छ त्यसैले यो आवासीय घरमा कम प्रयोग गरियको हो |



PPR pipe



PPR पाईप मुख्यत घरको प्लम्बिङ्ग मा प्रयोग हुन्छ | यो तातो चिसो दुवै प्रकार को पानीको लागि प्रयोग गर्न सकिन्छ | यस्तो पाईप बाट बगने पानी मा बाहिरी तत्क्रमले कुनै असर गर्दैन | यो पाईप भएर बगने पानी मा heat gain या loss एकदमै कम हुन्छ | यस्तो पाईप ५० वर्ष सम्म टिक्ने हुन्छ | यो पाईप हल्का हुने भएको ले ओसार पसार गर्न पानी निकै सजिलो हुन्छ | यसमा पाईप fitting जोड्न लाई पाईप हरु तताउने गरिन्छ



clock-icon 1 year ago
Contact Us