काठमाडौमा घर बनाउन कति पैसा लाग्छ ?

सबैको चाहना हुन्छ एउटा सुन्दर घर त बनाउ तर आफनो आयको कारण कतिको घर बनाउने सपना सपनामै सिमित हुने गर्दछ । जीन्दगी भरको कमाई घरमै खर्च गरेर नानी बाबु कसरी पढाउने भन्ने चिन्ताले पनि सताउछ ।हामीसँग बस्नको विभिन्न खालका विकल्प हुने गर्दछन । तर आफनो घर जति बस्नको लागि उपयुक्त ठाउ कतै पनि हुन सक्दैनन ।
काठमाडौमा घर बनाउन सामान्यतया हामीलाई महगाें लाग्ने गर्दछ । भौगोलिक अवस्थिति, यातायात ढुवानी, अर्थ व्यवस्था, मौद्रिक नीति, कर जस्ता विविध प्राविधिक तथा शैद्धान्तिक बिषयले यसलाई प्रभाव पार्ने गर्दछ । कतिपय अवस्थामा हामीलाई सामानको स्पष्ट चेकलिष्ट नहुदा पनि कठिनायी आइपर्ने गर्दछ । जसको कारण आवश्यकता भन्दा बढी वा कम सामान किनिने र प्रयोग बिहिन हुने अवस्था पनि हुने गर्दछ ।
एउटा साढे दुईतलाको घर बनाउनको लागि कति पैसा लाग्ने गर्दछ भनेर यहाँ हामीले सामान र त्यसको पर्न आउने मुल्यको बारेमा जानकारी दिन खोजेका छौ ।
तपाईलाई पनि नयाँ घर निर्माण सम्बन्धि निशुल्क परामर्श चाहिएमा 9801886644 मा सम्पर्क गर्नु होला ।
यहाँ हामी काठमाडौंमा घर बनाउन कति पैसा लाग्छ भनेर जानकारी दिनेछौ ।
- गिट्टी ८ टिप्पर जतिको करिब २ लाखसम्म पर्ने गर्दछ ।
- बालुवा १३ टिप्परको करिब ३ लाख पर्न आउछ ।
- सिमेन्ट ११०० बोराको करिब ८ लाख २५ हजारसम्म पर्ने गर्दछ ।
- इट्टा ५० हजार पिसको ७ लाख ५० हजार सम्म पर्न आउछ ।
- छडको मुल्यको कुरा गर्दा १२ टनको ९ लाखसम्म पर्ने गर्दछ ।
- ज्याला सहित प्लम्बिङ गर्दा ३ लाखसम्म पर्ने गर्दछ ।
- काठको चोकौस र ढोकाहरुको कुरा गर्दा आवश्यक सम्पुर्ण ढोका २ लाख ५० हजारसम्म पर्न आउदछ ।
- आल्मुनियमका भmयाल ढोकाहरुको १ लाख ७५ हजारसम्म पर्न गर्दछ ।
- धारा, चुकुल, ताल्चा आदिको करिब १ लाख ७५ हजारसम्म पर्ने गर्दछ ।
- घरमा पेन्टिङ्ग गर्नको लागि कम्तीमा पनि २ लाख ७५ हजारसम्म पर्ने गर्दछ । जसमा हामीले ज्याला पनि समावेश गर्ने गर्दछौ ।
- किचन, बाथरुममा मार्बलिङ गर्दा करिब ३ वटा बाथरुम २ वटा किचनको २ लाखसम्म पर्न आउदछ ।
- विधुतीय सामग्री ज्याला सहितको सम्पुर्ण वायरिङ्गको १ लाख ७५ हजार पर्ने गर्दछ ।
- घरको नक्सा डिजाइनको ५० हजार पर्ने गर्दछ । नगरपालिका खर्च पनि ५० हजार पर्ने गर्दछ ।
- इनार निर्माण पनि करिब ३५ हजार खर्च लाग्ने गर्दछ ।
- अन्य छिछफुट खर्च २ लाखसम्म लाग्ने गर्दछ ।
यसरी सामान्यतया काठमाडौ घर निर्माण गर्दा ६४ लाखसम्म खर्च लाग्ने गर्दछ ।
तपाईलाई पनि नयाँ घर निर्माण सम्बन्धि निशुल्क परामर्श चाहिएमा 9801886644 मा सम्पर्क गर्नु होला ।
तपाईलाई पनि नयाँ घर निर्माण सम्बन्धि निशुल्क परामर्श चाहिएमा 9801886644 मा सम्पर्क गर्नु होला ।