Blogs/Current Article

घर निर्माणको ठेक्का कसलाई दिने ? ठेकेदार रोज्ने कि कन्सट्रक्सन कम्पनी

5 min read
Thekedar ki construction company

घर निर्माणकार्यमा प्रत्यक्ष रुपले ठेकेदार, निर्माण व्यवसायी वा कन्सट्रक्सन कम्पनी सरिक हुने गर्दछ । हामीले प्रयोग गर्ने प्राविधिक, ठेकेदार / निर्माण व्यवसायी, डकर्मी, प्लम्बर, इलेक्ट्रिसियन, सिकर्मी आदिको योग्यता र दक्षताले पनि घरको सुरक्षामा प्रभाव पर्ने गर्दछ ।  घर बनाउने सोच बनाउदा हाम्रो मनमा अनेकन प्रश्नहरु खेल्ने गर्दछन । दक्ष प्राविधिकको छनौट, ठेकेदार र निर्माण कार्य गर्न निर्माण व्यवसायी छनौट लगायतका बिषयमा हामी अलमलमा पर्ने गर्दछौ ।  घर निर्माण गर्दा घरधनीले प्राविधिक, ठेकदार, डकर्मी, प्लम्बर, इलेक्ट्रिसियन, निर्माण सामग्री आपूर्तीकर्ता आदिसँग काम गर्नुपर्ने हुन्छ । यी व्यक्तिहरुले कौशलतापूर्वक र समयको सदुपयोग गर्न सके; घर समयमा, कम लागतमा र बलियोसँग निर्माण गर्न सकिन्छ । जसले गर्दा तपाईको मनमा भएका संदेह समाधान हुनुका साथै सही व्यक्तिबाट काम गराउन सक्नु हुनेछ ।  घर धनी र यी व्यक्तिहरुबिच राम्रो सम्बन्ध हुन सकेको खण्डमा मात्र हामी कम लागत र निर्धारित समयमा कार्य सम्पन्न गर्न सक्दछौ । घर निर्माणकार्यमा सहभागी हुने व्यक्ति र छनौट गर्ने तरिका निम्नानुसार रहेको छन ।



प्राविधिकसँग परामर्श र छनौट

घर बनाउनु भन्दा पहिले हामीलाई घर निर्माण अनुमति प्रक्रियामा जानुपर्ने हुन्छ । यो भन्दा पहिले नै हामीले प्राविधिकसँग आफनो घर, घडेरी, योजना ,ढाँचाबारे प्राविधिकसँग परामशृ लिनुपर्ने हुन्छ । 




ठेकेदार कि निर्माण व्यवसायी कम्पनी ?

हाम्रोमा सबैभन्दा बढी खेल्ने र हामीलाई झन्जटिलो लाग्ने प्रक्रिया हो । कतिपय घर निर्माणको क्रममा ठेकेदारले घर निर्माणमा लापरवाही गर्ने, कमसल खालको समान प्रयोग गर्ने, मापदण्ड विपरित निर्माण गर्ने गरेको हामीले देखेका छौ । त्यही भएर हामी ठेकेदारलाई निर्माण कार्य गर्नु भन्दा पहिले डराउने गर्दछौ । यसलाई अस्वभाविक मान्न सकिदैन ।  ठेकेदार वा निर्माण व्यवसाय कम्पनीले घर निर्माणको लागि चाहिने कामदारहरु तथा निर्माण सामग्रीहरु निश्चित दर र निर्धारित समयभित्र पूरा गर्नको लागि जिम्मा लिन्छन् ।  कामदारहरु र निर्माण सामग्रीको मद्दतले नक्सामा भएको घरको ढाँचालाई वास्तविकतामा उतार्ने कार्य गर्दछ । ठेकेदारको घर निर्माणमा महत्वपूर्ण भूमिका भएकोले ठेकेदार चयन गर्ने निर्णय महत्वपूर्ण हुन्छ । 



निर्माण व्यवसाय कम्पनी वा ठेकेदार चयन गर्दा वा ठेकेदारलाई काम गराउँदा ध्यान दिनुपर्ने पक्षहरु ~


ठाउँ अनुसार पारिश्रमिक तिर्ने विधि फरक फरक हुन्छ । तर यदि घरको वर्गफिट नापेर पारिश्रमिक दिने हिसाब गरिएको छ भने उक्त पारिश्रमिकमा कम्पाउण्ड वाल, पानीट्याङ्की, बाथरुमको टायल, कौशीको टायल आदि पर्छ कि पर्दैन, कहिँ केही डिजाइनमा परिवर्तन गर्न परेमा कति शुल्क थप्नु पर्ने हो जस्ता पक्षहरु पनि पहिलेनै स्पष्ट पार्नुपर्छ ।  स्ल्याव मात्रै नापेर वा हरेक कार्य जस्तैः छत, पिलर, बिम, गारो आदिको फरकफरक हिसाब अनुसार कसरी शुल्क तिर्नुपर्ने हो पहिलेनै छलफल गनुपर्दछ ।  यस्तो गर्दा हामी बिना झन्झट सजिलैसँग निर्माण कार्य सम्पन्न गर्न सक्दछौ । कम्पनी वा ठेकेदार छनौट गर्दा माथिका कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । दिइएका बुदामा काम गर्न सकेको खण्डमा हामी कम्पनी वा ठेकेदार जो सुकैबाट काम गरे तापनि सजिलैसँग निर्माण सु–सम्पन्न गर्न सक्दछौ । 



घर निर्माण गर्ने डकर्मी यस्तो हुनपर्छ,  



सिकर्मी, प्लम्बर, इलेक्ट्रिसियन

प्लम्बर भन्नाले घरमा खानेपानी तथा ढल निकास सम्बन्धित कामहरु गर्ने व्यवसायिक व्यक्ति, इलेक्ट्रिसियन भन्नाले घरमा बिजुली बत्तीसँग सम्बन्धित कामहरु गर्ने व्यवसायिक व्यक्ति सिकर्मी भन्नाले घरमा काठसँग सम्बन्धित कामहरु गर्ने व्यवसायिक व्यक्तिलाई चिनिन्छ ।


यी व्यक्तिहरुसँग कार्य गर्दा ध्यान दिनुपर्ने पक्षहरु ;



निर्माण सामग्री आपूर्तीकर्तासँग 

सामग्री आपूर्तीकर्ता तथा बिक्रेता भन्नाले घर बनाउनका लागि चाहिने निर्माण सामग्रीहरुसँग सम्बन्धित व्यक्ति भन्ने बुझिन्छ । सामग्री आपूर्तीकर्ता तथा बिक्रेतासँग काम गर्दा ध्यान दिनुपर्ने पक्षहरु,

निर्माण सामग्री आपूर्तीकर्ताहरुसँग निर्माण सामग्रीको उपलब्धता, सामग्रीको मूल्य, ढुवानी तथा भुक्तानी प्रक्रियाका पक्षहरुमा छलफल गर्ने ।

Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)