घरको सहि तरिकाले डिजाइन नगरी निर्मार्ण गर्दा कतिपय त्रुटिहरु हुन पुग्छन र घरका कतिपय भागमा प्रकाश नर्छिन सक्छ । प्रयाप्त रुपमा प्राकृतिक प्रकाश नपर्ने भाग सदाबहार साँघुरो , अध्यारो,चिसो र अशोभनिय देखिन्छन् भने प्राकृतिक प्रकाशको प्रशस्त पहुँच बाहिर रहेका भागमा बस्दा नकरात्मक उर्जा प्रबाह समेत गर्दछ । त्यसैले घरका कोठाहरुलाई उज्यालो र फराइलो देखाउन निम्न सिर्जनात्मक उपायहरु अपनाउन सकिन्छ ः
1 भित्ता र सिलिङहरुमा सादा रङको प्रयोग
2 पारदर्शी पर्दाको प्रयोग
3 सिसा भएको झ्याल ढोकाको प्रयोग
4 झ्यालको नियमित सरसफाई
5 बगैँचाको ब्यवस्थापन
6 ऐनाको प्रयोग
१. भित्ता र सिलिङहरुमा सादा रङको प्रयोग
कोठाको भित्ता तथा सिलिङहरुमा सेतो या सादा रङ्गको प्रयोग प्राकृतिक प्रकाशलाई अझै बढाउने काम गर्दछ । यदि तपाईको घरको कुनै कोठामा अन्य रङ्गको प्रयोग भएको छ भने सादा रङ्गको प्रयोगले ल्याउने भिन्नतालाई सहजै महशुस गर्न सक्नु हुन्छ । त्यसैगरी कोठामा सकभर सादा रङ्गको फर्निचरको प्रयोग उत्तम हुन्छ ।
२. पारदर्शी पर्दाको प्रयोग
बाक्लो र गाढारङको पर्दाको प्रयोगले बाहिरबाट आउने प्राकृतिक प्रकाशलाई अवरोध गर्ने भएकोले बाक्लो पर्दाको सट्टामा सादा रङ्को पारदर्शी प्रयोग गर्दा घरका कोठाहरु थप उज्यालो बनाउन सकिन्छ । पारदर्शी पर्दा गोपनियताको दृष्टिकोणले भने उपयुक्त नहुन सक्छ तथापी पारदर्शी नभए पनि पातलो र हलुका किसिमको पर्दा प्रयोग गर्नु उत्तम हुन्छ ।
३. सिसा भएको झ्याल ढोकाको प्रयोग
तपाईको घरमा प्राकृतिक प्रकाश प्रबेशका लागि पर्याप्त झ्यालढोका छैनन् भने पनि कोठाहरु अध्याँरो देखिन सक्छन् । यस्तो अवस्थामा झ्यालहरु थप्न र भएका झ्यालहरुमा अपारदर्शी सामाग्रीको सट्टामा सिसा प्रयोग गर्दा कोठाहरु थप उज्यालो बनाउन सकिन्छ ।
५. बगैँचाको ब्यवस्थापन
घरको वरीपरीका बगैँचाहरुमा रहेका रुख बोट बिरुवा हरुले प्रकाश प्रबेशमा अवरोध गरेर पनि कोठाहरु अँध्यारो हुने गर्दछन् । त्यसैले घरका बाहीरी भागमा रहेका बगैँचाको ब्यवस्थापन पनि कोठाहरुमा उज्यालो बढाउने सहि उपाय हो ।
६. ऐनाको प्रयोग
घरका कोठाहरुमा ऐनाको प्रयोग कोठा उज्यालो बनाउने उपायहरु मध्यको एक उत्कृष्ट उपाय हो । ऐनाको मद्दतले कोठाहरुको भाग विस्तारित देखिनुका साथै बाहिर बाट आएको प्राकृतिक प्रकाशलाई प्रतिबिम्बित गरी कोठालई उज्यालो बनाउदछ ।
Prepared By: Prashant Pradhan