वालपेपर Wallpaper घर र सार्वजनिक भवनहरूको भित्री वालहरू सजाउन प्रयोग हुने सजावट सामग्री हो । यो सामान्यतया रोलहरूमा पाइन्छ र वालपेपर पेस्ट प्रयोग गरेर भित्तामा टासिन्छ । यसले वाललाई आकर्षक र सुन्दर बनाउने गर्दछ ।
जब तपाईंले घर सजावट गर्ने निर्णय गर्दा तपाईं वालहरू रंगाउने वा वालपेपर लगाउने भनेर सोच्नु हुन्छ । तपाईंसँग नयाँ सामान, फर्निचरहरू छन भने यही अनुरुप सजावट गर्न सक्नु हुन्छ । यदि तपाई कोठालाई पूर्ण रुपमा आकर्षक र सुन्दर बनाउन चाहनु हुन्छ भने वालपेपेरको कुनै अर्को विकल्प हुन सक्दैन । यसले कोठालाई न्यानो, आरामदायक सुन्दर र शान्त बनाउने गर्दछ ।
हामी फरक फरक डिजाइनमा वालपेपरको प्रयोग गर्न सक्दछौ । एउटै डिजाइनको वालपेपर पनि प्रयोग गर्न सकिन्छ । वालपेपर प्रिन्टिंग प्रविधिहरूमा सतह प्रिन्टिंग, ग्रेभर प्रिन्टिंग, रेशम स्क्रिन–प्रिन्टिङ, रोटरी प्रिन्टिंग, र डिजिटल प्रिन्टिंग समावेश आदि पर्ने गर्दछन ।
विभिन्न प्याटर्नका वालपेपरहरू डिजाइन गरिएका हुन्छन र यसरी एउटै रोलबाट काटिएका टुक्राहरूलाई एकअर्काको छेउमा टास्न सकिन्छ ताकि दुई टुक्राहरू बीचको जडान कहाँ हुन्छ भनेर हेर्न सजिलो नभई प्याटर्न जारी राख्न सकिन्छ ।
वालपेपरका बिशेषता
वालपेपर टिकाऊ हुन्छ र यसको अलि बढी खर्चिलो हुन्छ र यसको आयु लगभग १५ वर्षसम्म हुन्छ ।
यदि वालपेपर राम्रोसँग टासिएको छ भने यो पेन्ट भन्दा तीन गुणा लामो समय सम्म रहन सक्छ ।
यदि घरमा नराम्रा वालहरू छन् भने, उच्च गुणस्तरको वालपेपरले वालको त्रुटिहरू र भद्धापना लुकाउन सक्छ ।
पेन्ट रंगहरूको एक विशाल दायरामा आउँछ, त्यहाँ फिनिश सीमितमा म्याट वा चमक हुन्छ । वालपेपर धेरै प्रकारका डिजाइनमा उपलब्ध हुन्छ र बनावट र प्रभावहरूको ठूलो चयनको साथ विभिन्न डिजाइनहरूमा आउँछ ।
वालपेपर प्रयोग गर्नाले घरको भित्तामा फोहोर हुदैन र तपाइँको फर्नीचर वा भुइँमा फोहोरहरु र बिग्रने जोखिम हुदैन ।
यदि तपाईंसँग बच्चाहरू वा घरपालुवा जनावरहरू छन र तिनीहरुले भित्ताहरूमा कुनै फोहोर गरेका छन भने सजिलैसँग सफा गर्न सकिन्छ ।
वालपेपरका फाइदाहरु
दिर्घकालिन उपयोग
वालपेपरका धेरै फाइदाहरू छन्, ति मध्ये दीर्घायु मुख्य एक हो । यसको आयु कम्तिमा १५ वर्षको हुने गर्दछ । वालपेपरको यो महत्वपूण उपयोगिता हो । तपाइँ यसलाई एक पटक प्रयोग गर्न सक्नुहुन्छ र यसलाई वर्षौंसम्म परिवर्तन गर्न पर्दैन । यद्यपि,यसलाई ध्यान दिनुपर्ने हुन्छ कि भित्ताहरू सुख्खा र सफा राख्ने साथै, निश्चित गर्नुहोस् कि यसलाई खरोंच र चिन्हहरूबाट बचाउनुहोस ।
फिनिशिंगमा सजिलो
बजारमा उपलब्ध वालपेपरको संख्या धेरै छ । साबर, मखमली, कपडा, विनाइल, एम्बोस्ड–टेक्स्चर फिनिश र सबै चीजहरू उपलब्ध छन । त्यसैले जुन तपाई जुन कलर र डिजाइन मन पर्दछ त्यही अनुुसार फिनिसिङ्ग गर्न सजिलो हुने गर्दछ ।
उत्कृष्टता
वालपेपरहरू नयाँ अवधारणा भएकोले, तिनीहरू अझै पनि धेरै युनिक र दुर्लभ छन । यदि तपाइँ उत्कृष्ट र अफबिट घर डिजाइन योजना खोज्दै हुनुहुन्छ भने, तपाइँको घरमा केहि युनिक वालपेपरहरू प्रस्तुत गर्नु एक राम्रो विचार हुन सक्छ र गर्नको लागि ढिलाई नगर्नुहोला ।
कम लागत
उल्लेख गरिए अनुसार, वालपेपरहरू धेरै वर्षसम्म रहन्छ जसको मतलब तपाईंले तिनीहरूलाई प्रायः परिवर्तन गर्नुपर्दैन । यसले दीर्घकालीन रूपमा पनि तपाईको खर्चलाई बचाउने गर्दछ ।
वालपेपरका बेफाइदाहरु
सबै ठाउमा प्रयोग गर्न सकिदैन
तपाईंले आफ्नो वालपेपरको राम्रो हेरचाह गर्नु पर्छ ताकि यो लामो समय सम्म रहन्छ । वालपेपरहरू बिग्रन सक्छ । तपाईंले अत्यधिक चिसोपन भएको ठाउँमा वालपेपर स्थापना गर्न सक्नुहुन्न । त्यसैले भान्सा र बाथरुममा वालपेपर जडान नगर्न सल्लाह दिइन्छ । साथै, वालपेपरमा सानो क्षति भयो भने तपाईंले सम्पूर्ण वालपेपर परिवर्तन गर्न पर्दछ ।
स्थापना गर्न लामो समय लाग्छ
वालपेपरिङ एक नयाँ अवधारणा भएकोले, सबै यसलाई राम्रोसँग प्रयोग गर्न सक्षम हुन्छन भन्ने पनि हुदैन । यसका लागि दक्ष व्यक्तिद्वारा यसलाई टास्न पर्ने हुन्छ । पेंटिंग भन्दा बढी यसलाई राम्रोसँग टास्न लाग्ने गर्दछ । पुरानो भए पछि यसलाई हटाउन पनि बढी समय लाग्छ ।
महँगो
वालपेपरिङ लामो समयको लागि टिक्ने भए पनि महंगो हुने गर्दछ । यो पेंटिंग भन्दा महँगो हुन पनि सक्छ त्यो कुरा यसको गुणस्तरमा भर पर्ने गर्दछ ।
कुन राम्रो वालपेपर वा पेन्टिङ्ग ?
वालपेपर १५ वर्ष सम्म रहन सक्छ । जबकि रंगहरु सजिलै बिग्रने र खुइलिने हुन सक्छ । पेन्टहरू राम्ररी लगाउन सकियो भने ५–६ वर्षसम्म टिक्न सक्छ । अझै पनि प्रत्येक वर्ष वा दुई वर्षमा पेंटिंग गरिरहनुपर्छ । यद्यपि, वालपेपर पेन्ट भन्दा लामो समयसम्म रहन्छ, जसले भविष्यको हुने अतिरिक्त लागत घटाउँछ ।
वालपेपर अधिक महँगो छ तर एक पटक लगानी गरेपछि यो धेरै लामो समय सम्म रहन्छ । लामो समयसम्म र अधिक टिकाऊ हुनु यसको मुख्य बिशेषता हो । यदि तपाईसँग कम बजेट छ भने पेन्टिङ्ग गरेर आफनो घरको कोठालाई आकर्षक र सुन्दर बनाउन सक्नु हुनेछ ।