gas cylenderma lageko aago nivaune 7 gharelu tarika
  • 140

ग्यास सिलिन्डरमा लागेको आगो निभाउने ७ घरेलु तरिका

गर्मी मौसम आउदै गर्दा आगलागी घटनाहरु पनि बढने गर्दछन । कतिपय घरहरुमा आग लाग्नुको कारण घरभित्रका समानहरुको रखरखाव नमिल्नु अर्थात् कुन समान कहाँ राख्ने भन्ने जानकारी नहुनु हो । 


घरमा लाग्ने आगो प्राय भान्साबाट नै सुरु हुने गरेको पाइन्छ । भान्सा राखेको ग्यास सिलिन्डर लिक हुनु, कुनै कपडा वा प्लाष्टिक ग्यासको सम्पर्कमा आएर आगलागी हुने सम्भावना प्रवल हुने गर्दछ । यो अवस्थामा ग्यास सिलिन्डरमा आगो लाग्नुले भयाभव अवस्था सिर्जना गर्दछ । जस्को कारण मानवीय एवं भौतिक क्षति व्यहोर्नु पर्ने हुन्छ । 


ग्यास सिलिन्डरमा लागेको आगो निभाउने घरेलु तरिकाहरु

तरिका नं १ पाइपको मुखमा औलाले बन्ध गर्ने  

यदि ग्यासको पाइपमा आगो लागेको छ भने हामी औलाले पाइपको मुख बन्द गरेर पनि आगो निभाउन सक्छौ । यसको लागि तपाईले पाइपको मुखलाई च्याप्प च्याप्नुपर्ने हुन्छ ।  


तरिका नं २ पाइपलाई बिचमा ब्लक गर्ने 

यदि पाइपको मुखमा आगो लागि रहेको छ भने यस अवस्थामा हामी पाइपलाई ब्लक गरेर अर्थात् बिचमा पाइपलाई ब्यान्ड गरेर पनि आगोलाई नियन्त्रण गर्न पर्ने हुन्छ । यसको लागि तपाई होसियार हुन जरुरी छ । 


तरिका नं ३ रेगुलेटर बन्ध गर्ने

रेगुलेटर बन्द ग्यासमा लागेको आगो नियन्त्रण गर्ने अर्को महत्वपूर्ण तरिका हो । यदि पाइपमा आगो लागेको छ भने रेगुलेटर बन्ध गर्ने जसबाट आगो फैलन पाउदैन र सम्भावित जोखिमबाट पनि बच्न सकिन्छ ।


तरिका नं ४ बाल्टीले सिलिन्डरलाई छोप्ने 

यदि आगो रेगुलेटरसम्म पुगी सकेको छ र यो अवस्थामा रेगुलेटर बन्द गर्न सकिने अवस्था छैन भनेपछि हामीले रेगुलेटरलाई छोप्न सक्छौ । रेगुलेटरले बाल्टीलाई छोप्दा सिलिन्डरको माथिबाट स्पिडमा छोप्नु पर्ने हुन्छ, जस्ले गर्दा सिलिन्डर भित्र अक्सिजन जान पाउदैन र आगो निभ्ने गर्दछ । 


तरिका नं ५ पानीले भिजेको कपडा हातमा बेरर रेगुलेटर बन्द गर्ने,

यदि पाइपमा आगो लागेको छ र रेगुलेटर बन्द गर्दा आगो निभ्न सक्ने सम्भावना छ भने हामी कपडालाई भिजाउने अनि त्यसलाई हातमा बेरेर पनि रेगुलेटर बन्द गर्न सक्छौ । यसो गर्दा हाम्रो हात जल्ने सम्भावना कम हुनका साथै सजिलैसँग बन्ध गर्न सकिन्छ । 


तरिका नं ६ चादर वा कम्बलले माथिबाट हिर्काउने 

यदि रेगुलेटरमा आगो लागि सकेको छ र सिलिन्डरको मुखसम्म आगो लागि सकेको छ भने हामी कम्बल वा चादरले माथिबाट हिर्काएर पनि आगो नियन्त्रण गर्न सक्दछौ । चादर वा कम्बलले हिर्काउदा स्पिडसँग हिर्काउनु पर्दछ । 


तरिका नं ७ तन्ना वा पर्दालाई सिलिन्डर वरिपरि बेर्ने 

तन्ना वा पर्दालाई भिजाएर हामीले त्यसलाई भित्र हावा नछिर्ने गरि बेर्नु पर्ने हुन्छ । यसरी बेर्दा हामीले सावधानी भने अपनाउनु पर्ने हुन्छ । तन्ना वा पर्दालाई पानीमा भिजाइएन भने यसमा आगो लाग्न सक्छ । 





clock-icon 2 years ago
Contact Us