bhukamp pratirodhatmak ghar yasari banaun sakinx
  • 4317

भुकम्प प्रतिरोधात्मक घर यसरी निर्माण गर्न सकिन्छ ?

भूकम्प अर्थात् भुइचालो के हो ?


सरल शब्दमा, भूकम्प भनेको पृथ्वीको कम्पन हो । पृथ्वीको विभिन्न शक्तिहरुका कारण ऊर्जा निस्कन्छ जसले तरंगहरू सिर्जना गर्दछ जुन कम्पनहरू उत्पन्न गर्दछ । यो कम्पनलाई भूकम्प भनिन्छ ।


भूकम्पीय छालहरूको उत्पत्ति भएको ठाउँलाई भूकम्पको उद्गम स्थल भनिन्छ र यी छालहरू पहिले अनुभव हुने ठाउँलाई भूकम्प केन्द्र भनिन्छ । भूकम्पको केन्द्रविन्दु भूकम्पको उत्पत्तिभन्दा ठीक माथि छ ।


के हो भूकम्प प्रतिरोधात्मक घर ?


भूकम्पले ज्यान लिदैन । ज्यान त कमजोर गरी बनाएका घरहरुले लिन्छ 

भूकम्प प्रतिरोधी घर भन्नाले केही हदसम्मको भूकम्पको झट्कालाई सहन सक्ने क्षमता भएको घरलाई बुझिन्छ । भूकम्प प्रतिरोधी घर भूकम्प आएको समयमा पनि धेरै समय सम्म नढली अडिन सक्छ। यसले गर्दा सो घर भित्रका मानिसहरुको ज्यान बाच्न सक्छ ।


तपाईको घर भूकम्प प्रतिरोधी छ ?

 

यदि तपाई नयाँ घर बनाउदै हुनुहुन्छ भने सो घर भूकम्प प्रतिरोधी बनाउनुको अर्को कुनै विकल्प नै छैन । घरलाई भूकम्प प्रतिरोधी बनाउनका लागि घर निर्माण क्रममा नै विभिन्न कुराहरु ध्यानमा राखेर बनाइएको हुनुपर्छ । पुराना घर र भूकम्प प्रतिरोधी नभएका घरहरु पनि सही मर्मत र पुनर्निर्माण बाट भूकम्प प्रतिरोधी बनाउन सकिन्छ । भूकम्प प्रतिरोधी घर बनाउनका लागि निम्न कुराहरु ख्याल गर्नुपर्छ । 


१. स्थान छनौट


घर बन्ने स्थान र सतहले घरको भूकम्प प्रतिरोधी क्षमतालाई असर गरिरहेको हुन्छ। त्यसैले घर बनाउनु अगाडी नै राम्रो स्थान छनौट गरी त्येहि घर बनाउनु अति उचित हुन्छ । घर बनाउनको लागि सकेसम्म समतल भएको, कडा चट्टान भएको, नदीबाट टाढा र दलदल नभएको स्थान नै छनौट गर्नुपर्छ । भिरालो, पाङ्गो, कालो माटो भएको, ढुंगा खस्ने, ठूला ठूला खाल्डा भएको ठाउँहरुमा घर बनाउनु राम्रो होइन । सकेसम्म त चौडा बाटो भएको र खुला चौर नजिकैको स्थानमा घर बनाउनु राम्रो हुन्छ ।

 

२. घरको आकार


भूकम्प प्रतिरोधात्मक घर बनाउदा घरको बनोटको र आकारको विशेष ख्याल गर्नु पर्छ। घरको आकार सकेसम्म वर्गाकार, आयातकार र गोलाकार हुनुपर्छ भने अनियमित आकारहरुको घर चाहिँ बनाउनु हुदैन । 

वर्गाकार, आयातकार र गोलाकारहरु भूकम्पको समयमा पनि डटेर बसिरहन सक्छ हुदैन । यी कुराहरु घर बनाउनु अगाडी नै निर्धारित गरेर मात्र घर बनाउन तर्फ लाग्नुपर्छ ।

३. जग र डि.पि.सि. लेभल


जग नै बलियो नभए घर बलियो हुदैन । जगको साइज र गहिराइ चाहिँ घर कति अग्लो बनाउने त्यसमा भर पर्छ। घरको सम्पूर्ण जगहरु एकै लेभलमा राख्नुपर्छ र सबै पिलरहरुका जगमा हात्तिपाइले ढलान गर्नु पर्छ । 



४. पिलर तथा बिम


पिलर र बिमहरुमा नै घर पूरै अडिएको हुन्छ । पिलर कमजोर भएका घरहरु भूकम्प आउदा सजिलै ढल्छ । पिलरहरुको दूरीको आधारमा पिलरको साइज निर्धारण हुने भएपनि, सो पिलर १२ ह १२ इन्चको भन्दा सानो हुनुहुदैन । पिलरको चौडाइ बिमको भन्दा कम्तिमा ३ इन्चले बढी हुनु पर्छ ।

बिममा सम्पूर्ण छडहरु पिलरभित्रबाट जानु पर्छ भने बिमका अन्त्यमा छड पिलरभित्री आकारमा राखिनु पर्छ । पिलर वा बिमका डण्डीहरु गाँस्दा कम्तिमा छडको मोटाइको ६० गुणा खप्टिने गरी गास्नुपर्छ।

 

५. भित्ता, ढोका र झ्याल


झ्याल र ढोकाहरु बीचको दूरी कम्तिमा पनि २ फिटको हुनुपर्छ। सकेसम्म घरका प्रत्यक तलामा ढोका र झ्यालहरु एक स्थानमा हुनुपर्छ । सबै ढोकाहरु बाहिर पट्टि खोल्न मिल्ने गरी निर्माण गर्नुपर्छ । ढोका र झ्यालहरुमा सिसाको कम प्रयोग गर्नुपर्छ र सिसाको प्रयोग भएको खण्डमा प्लास्टिक लेमिनेशन लगाउनु पर्छ ।

 

६. छत र स्ल्याब


छतको मोटाइ ४ इन्चभन्दा माथि नै हुनुपर्छ। ढलान गर्ने बेलामा बिम र स्ल्याब एकै पटक ढलान गर्नु पर्छ । छतमा डबल जालीका लागि ५ मिमिको डण्डी ६ इन्चको दूरीमा राख्नुपर्छ । 

ढलानलाई राम्रो संग खाद्नका लागि भाईब्रेटरको प्रयोग गर्न सकिन्छ। ढलान गरेको २४ घण्टा पछि कम्तिमा १४ दिन पानीले भिजाउनु पर्छ।  

 

७. ढलान मसला र निर्माण सामाग्री


ढलानका लागि उच्चस्तरीय सिमेन्ट र दानादार, खस्रो बालुवा, कडा खस्रो गिट्टी र खिया नलागेको बंग्याउदा नाभाचिने छडको प्रयोग गर्नुपर्छ । चिल्लो सतह भएको इट्टा प्रयोग गर्नु राम्रो हुन्छ र इट्टा राम्रोसंग पाकेको छ छैन चेक जाच गर्नुपर्छ । राम्रो इट्टा ३ फिटको उचाइबाट खसाल्दा पनि फुट्दैन । ढलानका लागि भने सफा पानीको प्रयोग गर्नुपर्छ।  

 

८. रेट्रोफिटिंग


रेट्रोफिटिंग भन्नाले एक यस्तो संरचना बनाउने बैज्ञानिक तरिकालाई बुझिन्छ जसले गर्दा घरका सबै अंगहरु एकआपसमा राम्रो संग मिलेको हुन्छन । रेट्रोफिटिंग घरको कुनाहरु बलियो बनाउन, पर्खाललाइ बलियो बनाउन, छत ट्रसको पर्खालहरु संग जोड्न र पर्खालको खुला भागहरुलाई रडले घेर्न प्रयोग गरिन्छ ।  


९. ब्याण्डको प्रयोग


घर संरचनामा ब्याण्ड भन्नाले कंक्रिट र रडको मोटो र बलियो प्लेटलाई बुझिन्छ । यो ब्याण्ड घरको पर्खाल र छतमा फिट गर्नाले घर बलियो हुन्छ । 




clock-icon 10 months ago
Contact Us