स्किलसेवा प्रालिले तपाईँलाई लामो समयदेखि निर्माण सेवा दिँदै आइरहेको छ । तपाईँको घर निर्माणका लागि हामी तपाईँहरूलाई १०० मिनेटको परामर्शको सेवा दिने गरेका छौँ । हामीले यस बैठकलाई सुनौलो बैठक नाम दिएका छौँ । तपाईँले यस सुनौलो बैठकमा निःशुल्क भाग लिन सक्नुहुन्छ र हामीसङ्ग तल दिइएका विषयहरूमा हरसम्भव जानकारी र परामर्श प्राप्त गर्न सक्नुहुन्छ ।
तपाईँको जग्गामा कत्रोसम्म घर बन्छ
तपाईँको जग्गाको क्षेत्रफल जति भएपनि अधिकांश नगरपालिका वा महानगरपालिकाहरूमा आवासीय भवनहरूको हकमा जम्मा ७० प्रतिशत जमिनमा मात्र घर बनाउन पाइन्छ । त्यसैगरी फार भन्ने टेक्निकल प्यारामिटरले पनि तपाईँले कत्रो घर बनाउन पाउनुहुन्छ भन्ने कुराको जानकारी दिन्छ । यसरी तपाईँले आफ्नो जग्गामा कति तल्ला सम्म घर बनाउन सकिन्छ भन्ने कुराको जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।
तपाईँको घर कता पट्टि फर्काएर बनाउन उपयुक्त हुन्छ
तपाईँको घर यदि एक तर्फ मात्र बाटो छ भने त तपाईँलाई कता फर्काएर घर बनाउने भन्ने प्रश्न नै भएन । तर धेरै जग्गामा दुई तर्फ र कुनै कुनैमा त तीन तर्फबाट पनि बाटोले छोएको हुन्छ । यसरी २ तर्फबाट बाटोले छोएको घडेरीमा कता पट्टि घरलाई फर्काउँदा वास्तु पनि मिल्छ घरको डिजाइन पनि उत्कृष्ट बनाउन सकिन्छ र पार्किङ तथा गाडी घुमाउँदा पनि कुनै समस्या आउँदैन भन्ने प्रश्नहरूको जवाफ तपाईँलाई हामी प्रदान गर्नेछौँ ।
तपाईँको घरको निर्माण लागत कति लाग्छ
स्कीलसेवाको बैठकमा तपाईँले आफ्नो घरको निर्माण लागत कति लाग्छ भनेर थाहा पाउन सक्नुहुन्छ । हामीसङ्ग धेरै नै अनुभव भएकाले पनि हामी तपाईँको घरको लागत कति हुन सक्छ भनेर तत्कालै थाहा पाउन सक्छौँ । यसरी गरिएको लागत अनुमान ठ्याक्कै नमिले पनि त्यसमा ५ ६ लाख भन्दा बढीको तल माथि हुँदैन ।
तपाईँको घर कुन चाहिँ प्रविधिबाट डिजाइन वा निर्माण गर्नु उपयुक्त हुन्छ ।
हामी तपाईँलाई तपाईँको इच्छाअनुसारको डिजाइन तथा निर्माण सेवा उपलब्ध गराउनेछौँ । तपाईँहरूमध्ये सबैजनालाई आर सी सी प्रविधिको घर चित्त नबुझ्न पनि सक्छ । अथवा तपाईँलाई आर सी सी घर चित्त बुझेपनि त्यसलाई परम्परागत शैलीको लुक्स दिन मन लागेको हुन सक्छ । हामी यो सबै कुरा कुनै झण्झट नमानी धेरै पटकसम्म पनि सच्याउन तयार भएर काम गर्छौँ ।
तपाईँको घर बनाउँदा निर्माणको कुन चरणमा कति पैसा खर्च हुन्छ
तपाईँले सुनौलो बैठकमा घर निर्माणको कुन चरणमा कति पैसा खर्च हुन्छ भन्ने पारदर्शी हिसाब पनि थाहा पाउनुहुनेछ । उदाहरणको लागि तपाईँसङ्ग बजेट अभाव भइरहेको हुन सक्छ । तपाईँलाई स्ट्रक्चर मात्र बनाएर अहिले साधारण फिनिसिङ गरेर पछि मात्र पूर्ण फिनिसिङ गर्ने इच्छा रहेको हुनसक्छ । निर्माण लागतको ब्रेकडाउन तपाईँले थाहा पाउनुभयो भने तपाईँको बजेटले हाललाई कत्तिको घर बन्न सक्छ भन्ने कुराको अनुमान हुन्छ र घर कत्रो बनाउने भन्ने मानसिकता निर्माण गर्न सघाउ पुग्छ ।
तपाईँको घर बनाउँदा कति किस्तामा पैसा खर्च गर्नु पर्छ
हामीसङ्ग डिजाइन गराएर नक्सा पास पनि गराएपछि तपाईँले हामीसङ्ग नै निर्माणको लिखित ठेक्का सम्झौता गर्न सक्नुहुन्छ । निर्माणको लिखित सम्झौता गर्दा तपाईँले कुन मितिमा कति पैसा हामीलाई बुझाउने र कस्तो गुणस्तरको घर बन्छ भनेर पहिले नै जानकारी पाउनुहुन्छ । तपाईँले पैसा दिने मिति थाहा पाएपछि तपाईँलाई आर्थिक रुपमा योजना बनाउन बैङ्कको लोन पास गर्न र घर सर्ने मिति ठम्याउन पनि सजिलो हुन्छ ।
तपाईँको घर बनाउँदा माटोको परीक्षण गर्न पर्छ कि पर्दैन
घर निर्माणको नक्सा पास गर्ने बेला तपाईँको साइटको परिस्थिति हेरेर माटो परीक्षण गर्ने कि नगर्ने भनेर निर्णय लिन सकिन्छ । तपाईँको माटो कमजोर रहेछ भन्ने कुरा तपाईँको साइटमा अरूले बनाइराखेको संरचनाबाट थाहा हुन्छ । तपाईँको माटो बलियो रहेछ भने चाहिँ सरकारी मापदण्ड अनुसार गरेको हिसाबले नै तपाईँको घरको भार सजिलै थाम्न सक्छ । हामी तपाईँलाई सुनौलो बैठकको दौरानमा यो कार्य गरिदिनेछौँ ।
तपाईँले घर बनाउँदा कति जग्गा छाड्नु पर्छ
तपाईँले घर बनाउँदा कति जग्गा छाड्नु पर्छ भन्ने जानकारी हामी सुनौलो बैठकमा दिनेछौँ । हामीसङ्ग भेट गर्ने र परामर्श लिने प्रायः महानुभावलाई आफ्नो जग्गामा कति जग्गा बाटोको लागि छाड्नुपर्छ भन्ने कुरा पनि थाहा हुँदैन । बाटोलाई जग्गा छाड्ने कुरा महानगरको नियम वा सडक विभागको नियममा भर पर्छ । कुन निकायले तपाईँको सडकलाई कन्ट्रोल गर्छ र तपाईँले कति जग्गा छोड्नु पर्छ भन्ने कुराको जानकारी हामी प्रदान गर्नेछौँ ।
तपाईँले घर बनाउँदा निर्माणको समय अवधि कति हुन्छ ।
हामी तपाईँलाई घर निर्माणको समय अवधि पनि खुलाइदिन्छौँ । घर निर्माण गर्दा सबै स्टेजको समय छुट्याउँदा तपाईँलाई फाइदा हुन्छ । निर्माण अवधिमा हाम्रा सुपरीवेक्षक तथा साइट इन्जिनियरहरूले साइटमा निरीक्षण गरि नै रहनुभएको हुन्छ । तर ढलानको समयमा चाहिँ हाम्रा धेरै ग्राहक महानुभावहरू आफैँ बसेर निरीक्षण गर्न चाहनुहुन्छ । निर्माणको समय अवधिको आइटम अनुसार विभाजन गरिदिँदा ढलानको मिति पहिले नै थाहा हुन्छ र यो समयका लागि तपाईँले आफ्नो अन्य काम थाती राख्ने योजना बनाउन सक्नुहुन्छ ।
तपाईँले आफ्नो घरको खर्च कसरी कम गराउन सक्नुहुन्छ ।
हामी घर मात्रै बनाउँदैनौँ सस्तो घर बनाउँछौँ । हामी तपाईँलाई घरको खर्च कसरी कम गराउने भनेर परामर्श पनि दिन्छौँ । घरको खर्च कम गराउनलाई हामी प्राविधिक रुपमा कम महत्वपूर्ण कुरालाई सस्तोमा काम गर्ने कुरामा तपाईँलाई जोड गर्छौँ र दिशा निर्देश गर्दछौँ । फिनिसिङका सामानबाट पनि तपाईँले घरको खर्च कम गराउन सक्नुहुन्छ । फिनिसिङमा कम्प्रमाइज गर्दा पनि घरलाई उत्तिकै राम्रो आकर्षक र बस्नलायक बनाउन सकिन्छ ।
घर निर्माणसम्बन्धि निःशुल्क परामर्श चाहिएमा स्कीलसेवाको सुनौलो बैठकमा भाग लिनुहोस् । हामीलाई आजै सम्पर्क गर्नुहोस् ।