fbpx

स्किल सेवा प्रा लि भवन निरिक्षण, मर्मत सम्भार तथा सो को व्यवस्थित र बैज्ञानिक प्रविधिबाट नविकरणमा आधारित सेवा प्रदायक कम्पनि हो। कुनै पनि संरचनाको प्रभावकारिता मापन गर्न त्यसको उचित निरिक्षण गर्नु आवश्यक पर्दछ। छोटकरीमा हेर्दा कुनै पनि भवनमा पैदा हुने सम्भावित समस्याहरु लाइ सुचिकृत गरि इञ्जिनियरिङ्ग प्रबिधिबाट दिगो ढंगले सो को निरुपण तथा निर्मुल पर्ने प्रक्रिया नै स्किल सेवा हो।

इञ्जिनियरिङ्ग तथा घर मर्मत सम्भार सम्बन्धि समस्या र त्यसको यथावत बजारलाइ ध्यानमा राख्दै “तपाईंको घरको डाक्टर भन्ने नारालाई मुल मन्त्र बनाएर बानेश्वर-१०, काठमाण्डौ बाट सेवा संचालन गर्दै आएको स्किल सेवा नेपाल सरकारमा दर्ता भएको कम्पनि हो।यस कम्पनीमा योग्य इन्जिनियर, दक्ष सब- इन्जिनियर थाथा कौशल जनशक्तिहरु कार्यरत छन। सेवाग्राहीहरुको समस्या अवधिलाई द्रुत गतिमा निर्मुल पार्न दक्ष तथा कौशल जनशक्ति प्रदान गरि विभिन्न संरचना जस्तै स्कुल, घर, कलेज, अफिस आदिलाई समस्यामुक्त बनाउनु नै स्किल सेवाको एक मात्र उदेश्य रहेको छ।भवन निरिक्षण तथा नविकरण सेवालाई पहिलो पटक नेपालमा ल्याएर व्यवस्थित तथा सुरक्षित बसोबासको सुनिस्चित गर्नुले नै हामीलाई बाकि सेवा प्रदायक कम्पनिहरु बाट अलग बनाउछ। नाफा कमाउने मात्रै नभएर सेवाग्राहीसग छुट्टै किसिमको सम्बन्ध बनाएर सबैको समान्तर उन्नति तथा बिकाशका निम्ति सेवा प्रदान गर्दछौ। स्किल सेवा एक कम्पनि मात्रै नभई प्रतिभावान तथा सिपालु जनशक्तिलाई आफ्नो कौशलता देखाउने मंच बन्न सफल बहेको छ।

बढ्दो प्रविधिको प्रभावलाई मध्ध्य नजर गर्दै हामि दुवै ” अनलाइन” र ” अफ़लाइन” सेवामा उपलब्ध छौ। हाम्रो सेवाको दायरा साना तिना मर्मत देखि पुर्ण भवन निर्माण सम्म रहेको छ। सेवाग्राहीहरुको समस्या हामि विभिन्न सामाजीक संजालहरु जस्तै फेसबुक, भाइबर, इमेल, आदि वा प्रत्यक्ष फोनबाट लिने गर्दछौ।भवन निरिक्षण तथा नविकरण सेवालाई पुनरुपमा उच्च प्रविधियुक्त बनाएका छौ। सम्क्षेपमा, स्किल सेवा भवन निरिक्षण तथा नविकरण सम्बन्धि सेवा प्रदायक कम्पनि हो जसले भावनालाई सुरक्षित तथा बसोबासयुक्त घरमा परिणत गराउछ।

अवसर

  • दक्ष जनसक्ति र उच्च प्रविधिको अभावका कारण नियमित रुपमा सामान्य समस्याहरु आइरहनछन

  • भवन निरिक्षण सम्बन्धि जनमानसमा अज्ञानता र नविकरण सम्बन्धि सेवाको असन्तुलित बजार व्यवस्थापन

  • धर जग्गा खरिद बिक्रि बजारमा निरिक्षण प्रणालीको अभाव र त्यसले निम्त्याउने बिवाद

  • निम्न स्थारको मर्मत सम्भार सेवा

  • अव्यवसायिक जनसक्ति र त्यसले काम प्रति गुमाएको सम्मान

भिजन

  • भवन निरिक्षेण तथा नविकरणलाइ पुनः परिभाषित गर्ने

लक्ष्य :

  • नया तथा पुराना भवनको उचित निरिक्षण गर्नु

  • उच्च प्रबिधिको प्रयोग गरि मुल समस्याको जड पत्ता लगाउनु

  • सम्पुर्ण घर निर्माण, निरिक्षण तथा मर्मत सम्भार सम्बन्धि सेवाको लागि एकै समाधानको व्यवस्था

  • इञ्जिनियरिङ्ग प्रबिधिबाट मर्मत तथा नविकरणको लागत पत्ता लगाउनु

  • भवन निरिक्षण तथा नविकरणको निम्ति विभिन्न सम्झौता गर्ने

  • स्किल सेवाको समृद्दीसंगै प्रत्क्ष वा अप्रत्क्ष रुपमा १०० वा सो भन्दा बढीलाई रोजगारीको अवसर प्रदान गर्ने

  • सामाजिक संरचना, संस्कृति, वातावरणलाइ यथावत राखी अन्तराष्ट्रिय स्थरको सुरक्षित बसोवास निर्माण गर्ने

समाधान

  • सम्पुर्ण घर निर्माण, निरिक्षण तथा मर्मत सम्भार सम्बन्धि सेवाको लागि एकै समाधान

  • अनुभवि क्षमतावान र विश्वसनीय प्राविधिकहरू

  • आफ्नै दैलोमा गुणस्तरीय सेवा

कम्पनिको इतिहास

बिगतमा हामीसंग भवन निरिक्षण तथा नविकरण सम्बन्धि परामर्शदाता उपलब्ध थिएनन। घर जग्गा किन बेचमा निरिक्षण वा परामर्शको अभावका कारण संरचनात्मक सुरक्षाको द्रिष्टिकोणले अपरिपक्क भवन किनबेच निर्धक्क हुन्थे तर कालान्तरमा दुवै पक्षबिच बिवाद उत्पन्न हुने गर्थ्यो र अहिले पनि केहि हदसम्म कायमै रहेको छ। त्यस्तै, भवनमा देखिने प्लम्बिङ्ग, बिधुतिय, कर्पेण्ट्रि, ओस, चुहाओट, पेंटिंग, आदि समस्याहरुको जड पत्ता नलगाई मर्मत गर्नाले बार बार अत्याधिक खर्च हुन्छ तर यस्ता समस्या उत्पन्न हुनुको कारण बारे अनुशन्धान भएको देखिएन। यहि बिषयलाई समाएर कम्पनीका प्रमुख रमेश तिमिल्सिनाले ब्यापारिक समाधान बारे जुक्ति अपनाउनु भयो। यसै जुक्तिमाथी थप अनुशन्धान र खोज गरेपछिको नतिजा नै स्किल सेवा हो।

बजार र सेवा

निर्माण सम्बन्धि सम्पुर्ण क्षेत्रहरु हाम्रो सेवाको दायरा भित्र पर्दछन। बिशेस रुपमा आवासिय भावनाहरु,व्यवसायीक भवनहरु, स्कुल, होटेल, आदिमा देखा पर्ने विभिन्न समस्या जस्तै प्लम्बिङ्ग सम्बन्धि समस्या,बिधुतिय समस्या, कर्पेण्ट्रि, पेण्टिङ्ग, पानीको गुणस्तर,आदि लगाएत अनेकौ समस्याहरुलाई हेलचेक्र्याइ गर्ने गरिन्छ। यस्ता समस्याहरुले भविष्यमा ठुला तथा जटिल समस्या उत्पन्न गराउने भएकाले त्यसलाई जड देखि नै निर्मुल पर्नु पर्दछ। यस्ता समस्यालाई बेलैमा हल गर्न बानि पर्ने कोशिस गर्नेछौ र हामि यस्ता सम्पुर्ण समस्याको एक मात्र समाधानको केन्द्र बन्नेछौ।

अनुसन्धान र बिकास

भवन निरिक्षण तथा नविकरण सम्बन्धि सेवा नेपालमा बिल्कुलै नयाँ हो। यस अन्तर्गत हामीले तयार गरको कार्य बिधि र प्रक्रिया विश्वमा चलि आएको भन्दा फरक तथा प्रबिधि मैत्री छ। हाम्रो परिबेश र सेवाग्राहीको स्थरका कारण पनि हामीले फरक बिधि अपनाउनु परेको हो। संचालक समितिका सम्पुर्ण सदस्यहरुको पृष्ठभूमि सिभिल इन्जिनियर भएकाले पनि हामीलाई यस क्षेत्रमा काम गर्न सहज हुनेछ।

Like & Share