पानी होइन बिष पिउदै छौ
यदि तपाइले दैनिक पिउने पानीमा बिष मिसिएको छ भनेर थाहा पाउनुभयो भने तपाइलाइ अलिकति डर र आश्चर्य लाग्नसक्छ। तर यदि तपाइको घर आज भन्दा २० बर्ष वा त्यो भन्दा अगाडि बनेको हो भने तपाइ ढुक्क हुनुहोस कि तपाइले घर बनाएदेखि आज सम्म पानी संगै बिष पनि पिउदै आउनु भएको छ।
तपाइको जिवनको बहुमुल्य सम्पति तपाइको शरिर हो। दिन रात दुख गरेर कमाएको पैसाले बनाउनुभएको घरमा खानेपानिको लागि प्रयोग गरिएको पाइप यदि फलाम ( GI pipe ) को हो भने त्यसको इन्सपेक्सन र प्रतिस्थापन गर्नु अत्यन्तै आवश्यक छ किन भने तपाइको घरमा प्रयोग गरिएको जि आइ पाइपले पानी मात्रै प्रवाह गर्दैन, संगै लिड नामक बिष पनि तपाइको बहुमुल्य शरिरमा पठाउछ।
खाने पानीमा लिड कसरि आउछ ?
जि आइ पाइपको उत्पादन प्रक्रियामा ०.५-३ प्रतिसत प्रयोग हुने खनिज, जिन्क नै लिडको प्रमुख श्रोत हो। पानिको बहाब संगै पाइपमा रहेको जिन्कको तह बिस्तारै उप्कुदै जान्छ र लिड पानिसंग प्रत्यक्ष सम्पर्कमा आउछ। यदि जि आइ पाइपलाइ तातो पानि प्रवाह गर्न प्रयोग गर्नु भएको छ भने, पानिमा लिडको मात्रा अझ कयौँ गुणा बढेर जान्छ किनकि तापक्रम बढेसंगै जिन्क द्रुत गतिमा उप्किन थाल्छ।
लिड मिश्रित पिउने पानिले स्वास्थ्यमा कस्तो जोखिमहरु निम्त्याउछ ?
लिड एक प्रकारको बिषालु धातु हो जस्ले बिशेष गरि बालबच्चाको स्वास्थ्यमा ठुलो असर गर्दछ। साना बालबच्चामा लिड सोस्ने क्षमता वयस्क उमेरका मानिसमा भन्दा ५ गुणा बढि रहेको पाइएको छ।
लिड पानी संगै हावाको माध्यमबाट पनि शरिरमा भित्रने गर्दछ। यो शरिरको बिभिन्न संबेदनशील अंशहरु जस्तै दिमाग, म्रुगौला,कलेजो,हाड, आदिमा बितरण हुने गर्छ।अरु अंशहरुको तुलनामा हाडभित्र अधिक मात्रामा जम्मा भएर बस्छ र गर्भावस्थामा रगतमा प्रचुर मात्रामा बितरण गर्दछ। यसले आमाको शरिर संगै गर्भमा रहेको बच्चालाइ समेत ठुलो हानि पुर्याउछ। क्याल्सियम, आइरन, तथा उचित पोषणको अभावका बेला गर्भमा रहेको शिशुले लिड अत्याधिक मात्रामा स्वस्ने गर्छ। एकदमै कम मात्रामा पनि लिडले गर्भावस्थामा उच्च रक्तचाप,गर्भपात,नवजात शिशुको तौलमा समस्या,अपुर्ण मष्तिस्क बिकास, शिशुको शरिर बिकासमा समस्या जस्ता अरु थुप्रै समस्या निम्त्याउछ।
उच्च मात्रामा लिड शरिरमा देखिएमा ब्यक्तिमा मानसिक मन्दता,ब्यबहारिक गडबडि,बौद्धिक स्तर घट्नु,असामाजिक ब्यवहार देखिनु, पुर्णरुपमा कोमामा जाने वा मृत्यु समेत हुन सक्ने सम्भवना रहन्छ।
एक सर्वेक्षणको अनुसार काठमाण्डौमा ६ महिना देखि ३ बर्ष उमेर समुहको करिब ६४.४ % बच्चाको रगतमा लिडको मात्रा ५ माइक्रोग्राम/डेसिलिटर (µg/dl) भन्दा धेरै रहेको पाइएको छ। त्यस्तै बिरगञमा गरिएको सर्बेक्षणमा १० बर्ष देखि १५ बर्ष उमेर समुहका करिब ८४% बच्चाको रगतमा लिडको मात्रा १० माइक्रोग्राम/डेसिलिटर (µg/dl) भन्दा धेरै रहेको पाइएको छ। जसको मत्लब काठमाण्डौमा प्रत्यक तीन मध्धे दुई बच्चामा सिमित मानसिक र बौद्धिक क्षेमता रहेको भन्ने बुझिन्छ जुन बढ्दो क्रममा छ। यदि रगतमा लिडको मात्रा १० (µg/dl) ले बढ्दै जाने हो भने प्रत्यक ब्रिद्धि सगै ब्यक्तिको बौद्धिक स्तर २.३५ अंकले घट्दै जान्छ।
समाधान के हो त ?
समाधानको प्रकार धेरै किसिमका छन। पुर्ण रुपमा लिडलाइ पानिमा आउन नदिने वा त्यसको मात्रा घटाउने। यदि सम्पुर्ण आफ्नो लगाएत परिवारको स्वास्थ्यको चिन्ता छ भने बिशेश त तुरुन्तै इन्सपेक्सन गराएर पुराना फलामे (GI pipe) पाइपहरु फेर्नु उचित देखिन्छ।
आर्थिक रुपमा त्यसो गर्न नसकिएको खन्डमा हरेक बिहान पानि प्रयोग गर्नु अघि करिब २ देखि ३ मिनेट सम्म पानिलाइ खुल्ला छोड्दिनुहोस। त्यसो गर्दा लिडको मात्रा केहि हदसम्म घटेर जान्छ। त्यसपछि पानिलाइ फिल्टर गरेर प्रयोग गर्न सकिनेछ। बजारमा बिभिन्न केमिकल हरु पनि पाइन्छ जस्ले लिडको मात्रा घटाउने काम गर्छ। भुलेर पनि लिड भएको पानि उमालेर पिउनु स्वास्थ्यको लागि हानिकारक हुन जान्छ।
बिश्व स्वास्थ्य संघठनले सन १९७० देखि नै लिड पाइपको प्रयोग नगर्न सुझाव दिदै आएको छ। युरोप, अमेरिका लगाएत धेरै देशहरुमा लिड पाइपको प्रयोगमा रोक लगाइएको छ तर पनि नेपाल लगाएत केहि देशहरुमा अझै पनि यस्को बिचबिखन भैरहेको पाइन्छ। बिभिन्न देशहरु जस्तै नाइजेरिया,सेनेगल, युगान्डा लगायत थुप्रै देशमा लिडको मात्रा शरिरमा बढेकै कारण बर्षेनि सयौँको संख्यामा मृत्यु हुने गरेको छ।
आफ्नो स्वास्थ्यको ख्याल आफै गरौँ, आफ्नै घरमा रहेको बिषको स्रोतलाइ इन्स्पेक्सन र प्रतिस्थापन द्वारा निर्मुल पारौँ। स्वास्थ रहौँ, ब्यस्त रहौँ।